ग्लोबल


हङकङबाट आएको विमान दिल्ली अवतरण गर्नासाथ आगो लाग्यो

हङकङबाट आएको विमान दिल्ली अवतरण गर्नासाथ आगो लाग्यो

नेपालखबर
साउन ६, २०८२ मंगलबार १९:५२, काठमाडौँ

भारतको दिल्ली विमानस्थलमा एयर इन्डियाको विमानको पुच्छरमा रहेको सहायक पावर युनिट (एपीयू) मा आगलागी भएको छ।

उडान ट्र्याकिङ वेबसाइट Flightradar24.com का अनुसार, विमान मंगलबार दिउँसो १२:१२ बजे हङकङबाट दिल्ली आइपुगेको थियो। विमानका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन्।

सहायक पावर युनिट विमानको पुच्छरमा छ। त्यहाँ आगो लाग्दा विमानको बडीमा क्षति पुग्न सक्छ। विमानको इन्जिन बन्द हुँदा पनि यसले नियन्त्रण, बत्ती र एसीलाई सक्रिय राख्छ।

सामान्यतया टर्मिनलमा पार्किङ गर्दा विमानको मुख्य इन्जिन बन्द रहन्छन्, जबकि सहायक पावर युनिटबाट बिजुली आपूर्ति गरिन्छ। यसले इन्धन खपत कम गर्छ।

यो विमान आज (जुलाई २२ मा) हङकङबाट दिल्ली आएको थियो। उडान एआई ३१५ अवतरण पार्किङ गरेलगत्तै एपीयूमा आगो लाग्यो। यो घटना यात्रुहरू ओर्लन थाल्दा भएको थियो। प्रणाली डिजाइनअनुसार, एपीयू स्वतः बन्द भयो।

एयर इन्डियाले विज्ञप्ति जारी गरी विमानमा केही क्षति भएको जनाएको छ। तर यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। थप अनुसन्धानका लागि विमान रोकिएको छ। साथै नियामक निकायलाई जानकारी गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad