खेल


युईएफए महिला युरो : सेमिफाइनलमा साविक विजेता इङल्यान्ड र इटाली भिड्दै

युईएफए महिला युरो :  सेमिफाइनलमा साविक विजेता इङल्यान्ड र इटाली भिड्दै

नेपालखबर
साउन ६, २०८२ मंगलबार १३:२, काठमाडौँ

युईएफए महिला युरोको पहिलो सेमिफाइनलमा मंगलबार राति साविक विजेता इङल्यान्ड र इटाली भिड्दैछन्। स्वीट्जरल्यान्डको बसेलस्थित स्टेड डे जेनेभीमा आज राति खेल हुनेछ। 

तीन पटक फाइनल खेलेको इङल्यान्डले १ पटक च्याम्पियन बन्दा दुई पटक उपविजेतामा सिमित बनेको छ। इङल्यान्ड यो पटक पनि इटालीलाई हराउँदै लागतार दोस्रो पटक फाइनल खेल्न चाहान्छ। 

उता दुई पटक फाइनल पुगेर पनि उपाधिबाट टाढिएको इटाली तेस्रो पटक फाइनल खेल्न चाहान्छ। इटाली २८ वर्षपछि फेरि सेमिफाइनल खेल्न लागेको हो।

यो खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ। दोस्रो सेमिफाइनलमा बुधबार राति साविक उपविजेता जर्मनी र स्पेन भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad