एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) को साविक उपविजेता ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ।
अघिल्लो संस्करणको टोलीबाट एक खेलाडी रिटेन गर्न पाउने नियम अनुसार ललितपुरले पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो।
ललितपुरले यसअघि मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई नियुक्त गरिसकेको छ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ।
दोस्रो संस्करणको लागि भोलि शुक्रबार अक्सनमार्फत खेलाडी खरिद हुँदैछन्। अक्सनबाट प्रत्येक टोलीले ‘ए’ क्याटोगोरी बाट १, ‘बी’ बाट ३ र ‘सी’ बाट ३ गरि ७ खेलाडी खरिद गर्नेछन्।
102
Shares

प्रतिक्रिया