वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) को फ्रेन्चाइज टोली मधेस युनाइटेडले दोस्रो सिजनका लागि स्पाइकर निरुता ठगुन्नालाई मार्की खेलाडीमा निरन्तरता दिएको छ।
दोस्रो संस्करणमा पनि निरुतालाई नै मार्की खेलाडीमा निरन्तरता दिएपछि मधेसले दोस्रो सिजनमा पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताएको छ।
क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पहिलो संस्करणमा बलियो शक्तिका साथ टोलीको नेतृत्व गरेपछि उनी टोलीमा अझ बढी शक्ति र जोश ल्याउन फर्किएकी छन्, उनले फेरि एक पटक कोर्टमा आफ्नो प्रभुत्व जमाउने छन् भन्ने हामीले विश्वास गरेका छौँ।’
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेष्ट वुमन्स भलिबल लिग आगामी भदौ २० गते देखि २८ गतेसम्म हुनेछ।
Shares

प्रतिक्रिया