खेल


डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता: औरियमको नेतृत्वमा भविष्यको सपना

डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता: औरियमको नेतृत्वमा भविष्यको सपना

नेपालखबर
असार ३१, २०८२ मंगलबार १७:३६, काठमाडौँ

औरियम एकेडेमीको नेतृत्वमा, नेपालले डाना कप २०२५ मा तीन टोलीसहित सहभागिता जनाउँदैछ। डाना कप युरोपको सबैभन्दा प्रतिष्ठित युथ फुटबल प्रतियोगितामध्ये एक हो।

यसपटक रातो बंगला स्कुलका यू१२ ब्वाइज टोली र यू१४ गर्ल्स टोली, र संस्कृति इन्टरनेशनल स्कुलको यू१४ ब्वाइज टोली प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन्।

यस सहभागितालाई अझ ऐतिहासिक बनाउने पक्ष भनेको हो -यू१४ गर्ल्स टोली। जुन युरोपियन फुटबल प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली यू१४ बालिका टोली बन्ने ऐतिहासिक कीर्तिमा राख्दैछ।

यो सफलताले केवल रातो बंगला स्कुल र औरियमको गौरव मात्र बढाएको छैन, यस नेपालको बालिका फुटबलको इतिहासमै नयाँ पाटो कोरेको छ।

रातो बंगला स्कुल र संस्कृति इन्टरनेशनल स्कुलले लामो समयदेखि विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै आएका छन्। उनीहरूको औरियमसँगको सहकार्यले युवा खेलाडीहरूको प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुऱ्याउने दिशामा नयाँ ढोका खोलेको छ।

प्रतियोगिताको तयारीमा खेलाडीहरूको लगाव, प्रतिबद्धता र मेहनत प्रेरणादायक रह्यो। उनीहरूले दक्ष प्रशिक्षकहरूको नेतृत्वमा शारीरिक, प्राविधिक र मानसिक पक्षहरूमा उच्चस्तरीय प्रशिक्षण प्राप्त गरे।

औरियम एकेडेमी यस सम्पूर्ण यात्राको प्रमुख संयोजक र व्यवस्थापकको भूमिकामा रहेको छ।

‘स्पोर्ट्स फर मेन्टल हेल्थ’ र ग्रासरुट फुटबल विकास लाई प्राथमिकता दिँदै आएको औरियम अभियानलाई ‘एक धरोहर’ को रूपमा अगाडि बढाएको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली खेलाडीहरूलाई निरन्तर अवसर दिँदै जानु औरियमको प्रमुख उद्देश्य हो।

टोलीहरू युरोपेली भूमिमा पुग्दा उनीहरू सँगै एक देशको सपना, आत्मविश्वास र प्रेरणा बोकेर जान्छन्। यो सहभागिता केवल एउटा प्रतियोगिता मात्र होइन, यो नेपालको युवा फुटबलको पुनर्जागरणको संकेत हो - सशक्त, सशक्ततर र उज्यालो भविष्यतर्फ अग्रसर।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad