अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाएका छन्। गृहमन्त्री रमेश लेखकले मन्त्रालयकै सुरक्षा महाशाखा प्रमुख रहेका तिवारीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
यसअघि अध्यागमनको महानिर्देशक रहेका गोविन्द प्रसाद रिजाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुख पनि हेरफेर गरिएको छ। नरहरि घिमिरेलाई विमानस्थल कार्यालयमा खटाउँदै केही महिनाअघि मात्रै त्यहाँ पुगेका विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा ल्याइएको छ।
विमानस्थल कार्यालय प्रमुख बनेका घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए। आयोगको प्रवक्ताको जिम्मेवारी समेत घिमिरेले सम्हालेका थिए। विभानस्थल अध्यागमन कार्यालयका कर्मचारी व्यापक हेरफेर गरेको थियो।
त्यसपछि विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीको सेट नै परिवर्तन गरिएको थियो। घिमिरेसरुवा भएसँगै हालै बढुवा भएकी कल्पना श्रेष्ठ खोटाङको प्रमुख जिल्ला अधिकारी बनेकी छन्।
Shares

प्रतिक्रिया