खेल


पीएसजीलाई हराउँदै चेल्सीले पहिलोपटक जित्यो फिफा क्लब विश्वकपको उपाधि

पीएसजीलाई हराउँदै चेल्सीले पहिलोपटक जित्यो फिफा क्लब विश्वकपको उपाधि

नेपालखबर
असार ३०, २०८२ सोमबार ५:४२, काठमाडौँ

युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै चेल्सीले पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। 

आइतबार राति मेट लाइफ स्टेडियममा भएको फाइनलमा पीएसजीलाई ३–० गोल अन्तरले हराउँदै चेल्सी पहिलोपटक क्लब विश्वकपको उपाधि चुम्न सफल भएको हो। 

चेल्सीको जितमा कोल पाल्मरले दुई तथा जोआओ पेड्रोले एक गोल गरे।

पीएसजीविरुद्ध चेल्सीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो। दोस्रो हाफमा पीएसजी १० खेलाडीमा सिमित हुँदा चेल्सीले कुनै गोल थप्न सकेन। 

पहिलो हाफको २२ औँ मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसको आठ मिनेटपछि अर्थात खेलको ३०औँ मिनेटमा पाल्मरले व्यक्तीगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। 

पहिलो हाफको ४३औँ मिनेटमा पेड्रोको गोलमा चेल्सीले पीएसजीमाथि ३–० को फराकिलो अग्रता बनाउन सफल भयो। 

पहिलो हाफमा नै ३–० ले पछि परेको पीएसजी खेलको ८५औँ मिनेटमा १० खेलाडीमा सीमित बन्न पुग्यो। 

मिडफिल्डर जोआओ नेभेसले डिफेन्डर मार्क कुकुरेलाको कपाल तानेपछि भारको सहायतामा उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी पहिलोपटक फिफा क्लब विश्वकपमा विजयी भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad