उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ।
नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे।
नेपाली टोली मुख्य प्रशिक्षकबिनै स्वदेश फर्किएको हो। मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डे भने उतैबाट बेल्जियम गएका छन्।
एसियन कप छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ ले पराजित भएपछि नेपाल छनोट चरणबाटै बाहिरिएको हो।
निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपालले श्रीलंकामाथि ८–० को फराकिलो जित निकालेको थियो।
Shares

प्रतिक्रिया