नेपाल र उज्बेकिस्तानबीच जारी महिला एसियन कप छनोट खेल रोचक बनेको छ।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफको ७१औँ र ७३औँ मिनेटमा गोल गर्दै ३–३ को बराबरीमा ल्याएको हो।
७१औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। ७३औँ मिनेटमा गीता रानाले गोल गरिन्।
खेलको २४औँ मिनेटमा साम्बाले नेपालको खाता खोलेकी थिइन्।
उज्बेकिस्तानले दोस्रो, ११औँ र पहिलो हाफको इन्जुरी समयमा नेपालविरुद्ध गोल गरेको थियो।
(*७३औँ मिनेटको गोलकर्ता संशोधन गरिएको - सं.)
2.4k
Shares

प्रतिक्रिया