नेपालले महिला एसियन कप छनोटअन्तर्गत भइरहेको खेलमा उज्बेकिस्तानविरुद्ध गोल फर्काएको छ।
उज्वेकिस्तानमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले कप्तान सावित्रा भण्डारी साम्बाको गोलमा खेलमा फर्किने संकेत गरेको हो।
खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्वेकिस्तानकी ११ औँ मिनेटमा अग्रता दोब्बर पार्यो।
खेलको ११ औँ मिनेटमा उज्वेकिस्तानले नेपालको आत्मघाती गोलमार्फत अग्रता दोब्बर पारेको थियो।
उज्वेकिस्तानकी कप्तानको प्रहार नेपालकी गोलरक्षक अञ्जनालाई बिट गर्दै अघि बढेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लाग्दै गोलमा परिणत भयो।
खेलको १६ औँ मिनेटमा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाको पासमा रश्मी कुमारी घिसिङको प्रहार सिधै उज्वेकिस्तानकी गोलरक्षकको हातमा पुग्यो।
Shares

प्रतिक्रिया