खेल


यू-१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाललाई ९१ रनको सामान्य लक्ष्य

यू-१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाललाई ९१ रनको सामान्य लक्ष्य

नेपालखबर
असार १९, २०८२ बिहिबार १०:२६, काठमाडौँ

एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले मलेसियाबाट ९१ रनको सामान्य लक्ष्य पाएको छ। 

मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ९० रनमा समेटिएको हो।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई सहज लक्ष्यतर्फ डोर्‍याउन शुभम् खनालले ४ विकेट लिए।

सचिन भट्टले २ विकेट हात पार्दा विपिन शर्माले एक विकेट लिए। 

मलेसियाका लागि सातौँ क्रमका ब्याटर मोहमद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाउँदा कप्तान डियान पट्रोले १० रनको योगदान दिए। बाँकी ९ ब्याटरले दोहोरो अंक छुन सकेनन्। 

४ रन बनाउँदा २ विकेट गुमाएको मलेसियाले ३५ रन बनाउँदै ५ विकेट गुमाएको थियो।

त्यसपछि पनि लगातार विकेट पतन रोकिएन। मुइनले लामो इनिङ्स खेल्ने प्रयास गरे पनि लामो साझेदार पाएनन्।

४६ रन बनाउँदा सातौँ विकेट गयो। ८२ रन बनाउँदा ३७औँ ओभरमा ८ विकेट गुमाएकमो मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भयो। 

नेपाली युवा टोली समूह एको विजेता बन्दै र मलेसिया समूह बीको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। 

केही बेरमा नेपालले जवाफी ब्याटिङ थाल्नेछ।

यो खेल जिते नेपाल दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ।

आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad