राजनीति


छाडातन्त्र रोक्न राजा राखौँ: कमल थापा

छाडातन्त्र रोक्न राजा राखौँ: कमल थापा

नेपालखबर
असार १९, २०८२ बिहिबार १०:४१, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले छाडातन्त्र रोक्न अभिभावकका रूपमा राजसंस्था जरुरी भएको जिकिर गरेका छन्। 

पार्टीको नीति तथा अनुसन्धान विभागले काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेकाे दाबी गरे।

उनले मुलुक अभिभावकविहीन भएको बताउँदै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेकाे दाबी पनि गरे। 

अहिले कसैको डरभर नभएकाले राष्ट्रद्रोही कामसमेत गर्न पछि नपरेको जिकिर थापाले गरे।

धर्म निरपेक्षताकाे आडमा धर्मान्तरणको डढेलाे सल्किएको भन्दै थापाले चिन्ता प्रकट गरे।

यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको उनको तर्क छ। 

उनले भने, ‘राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणका लागि राजसंस्था हामीहरूकाे आस्था र विश्वाससहितको वैचारिक अवधारणा हाे।’

कार्यक्रममा पार्टीका नेताहरू डाक्टर विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अन्जना शाह रावल र जिबछ मिश्रले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad