नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले दोस्रो सिजनका लागि मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरेको छ।
कर्णालीले दोस्रो सिजनका लागि गुल्सन झा, नन्दन यादव, विपिन प्रसाद शर्मा, दिपेन्द्र रावत, अजुर्न घर्ति र युनिस सिंह ठकुरीलाई रिटेन गरेको हो।
कर्णालीले दोस्रो सिजनका लागि देव खनाल, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दिपक डुम्रेलाई रिलिज गरेको छ।
कर्णालीले अघिल्लो सिजन शिखर धवनलाई अनुबन्ध गर्दै चर्चा बटुलेको थियो।
धवनसँगै कर्णालीमा हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद अनुबन्ध भएका थिए।
1.2k
Shares

प्रतिक्रिया