नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांग्रेस-एमालेसहितको गठबन्धन सरकारका कारण जनताले के पाएका छन् भन्नेबारे ध्यान दिन जरुरी रहेको बताएका छन्।
सोमबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बरालले पार्टी नेतृत्व र पार्टीबाट सरकारमा रहेका मन्त्रीको ध्यानाकर्षण गराउँदै यस्तो बताएका हुन्।
'हामी गठबन्धनमा छौँ। हाम्रा गतिविधिले जनताले कति डेलिभरी पाएका छन्? उद्योगी व्यवसायीको अवस्था के छ?,' उनले भने, 'उपभोक्ताको अवस्था के छ? जनताको चुलोचौका कति महँगो भएको छ? यता हामीले ध्यान दिन जरुरी छ।'
पार्टीको आपुर्ति तथा वाणिज्य विभागको प्रमुखसमेत रहेका बरालले सुनचाँदी व्यापारीहरू सडक आन्दोलनमा रहेको विषयमा पनि ध्यान दिन आग्रह गरे। उनले किसानले आवश्यकताअनुसार मल बीउ नपाएको विषयमा पनि ध्यान दिन जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया