इन्टर मिलानलाई पराजित गर्दै ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको खेलमा फ्लुमिनेन्सले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको अन्तिम आठमा स्थान पक्का गरेको हो।
फ्लुमिनेन्सले अब सेमिफाइनलमा स्थान बनाउनका लागि साउदी अरेबियन टोली अल–हिलाल सँग खेल्नेछ।
फ्लुमिनेन्सले पहिलो हाफको तेस्रो मिनेटमा नै जर्मन कानोको गोलमा सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अग्रता बनाएको फ्लुमिनेन्सले दोस्रो हाफमा थप १ गोल गर्यो।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हर्कुलसले खेलको इन्ज्युरी समयमा गोल गर्दै ब्राजिलियन टोलीको अग्रता दोब्बर पारे।
222
Shares

प्रतिक्रिया