एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध खेलको दोस्रो हाफ जारी रहँदा नेपालले फराकिलो अग्रता बनाएको छ।
उज्वेकिस्तानमा भएको खेलको दोस्रो हाफ जारी रहँदा नेपालले ५–० को फराकिलो अग्रता बनाएको हो। खेलको ११ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।
सविता रानामगरको लामो क्रसमा रश्मीले सावित्रा भण्डारीलाई मिलाएको बलमा साम्बाले अनिता बस्नेतलाई दिएको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेकी थिइन्।
सविताको प्रहार सेकेन्ड बार नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। पहिलो हाफमा नै साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्यो। अनिता बस्नेतको क्रसमा साम्बाले हेडर गोल गरिन्।
खेलको ४७ औँ मिनेटमा सरु लिम्बूको गोलमा नेपालले लाओसविरुद्ध ३–० को अग्रता लिएको हो। सविता राना मगरको पासमा सरुले बललाई पोष्टको जाली चुमाएकी थिइन्।
खेलको ४५ औँ मिनेटमा सविताले डिबक्स नजिकबाट गरेको प्रहार सिधै लाओसकी कप्तानको हातमा पुग्यो। खेलको ५५ औँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को अग्रता लिएको हो।
५६ औँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ५–० को फराकिलो अग्रता बनायो। रेनुकाको पासमा रश्मीले बललाई पोस्टको गति दिएकी थिइन्।








Shares

प्रतिक्रिया