एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले ३-० ले अग्रता बनाएको छ। उज्वेकिस्तानमा खेलको दोस्रो हाफ जारी रहँदा नेपालले ३-० को अग्रता बनाएको हो।
खेलको ११ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। सविता रानामगरको लामो क्रसमा रश्मीले सावित्रा भण्डारीलाई मिलाएको बलमा साम्बाले अनिता बस्नेतलाई दिएको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेकी थिइन्।
सविताको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। पहिलो हाफमा नै साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्यो। अनिता बस्नेतको क्रसमा साम्बाले हेडर गोल गरिन्।
खेलको ४७ औँ मिनेटमा सरु लिम्बूको गोलमा नेपालले लाओसविरुद्ध ३-० को अग्रता लिएको हो। सविता राना मगरको पासमा सरुले बललाई पोस्टको जाली चुमाइन्।
Shares

प्रतिक्रिया