खेल


फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित

फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित

नेपालखबर
असार १३, २०८२ शुक्रबार १९:६, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन्। 

शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै पूर्वफुटबलर शाक्य र नेपाली महिला टोलीकी कप्तान अरूणा शाहीलनई सम्मान गरेको हो।

फाउन्डेसनले दुवैलाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ र नगद दुई लाख ५० हजार रूपैयाँ सम्मानित गरेको हो। फाउन्डेसनकी अध्यक्ष रेणु शाहलाई अवार्ड र नगद पुरस्कार प्रदान गर्दै उनीहरूलाई सम्मान गरेकी हुन्।

शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिव भएर काम गरेका थिए। उनी नेपाली खेलकुदकै सफल सदस्यसचिवका रूपमा चिनिन्छन्।

अवसरमा पूर्वमन्त्री निरन्जन थापाले खेलकुद क्षेत्रमा शरदचन्द्र शाहले गरेको योगदान र उनको व्यक्तित्व बारेमा चर्चा गरेका थिए। नेपाली खेलकुदमा शाहले कसरी विकाश गरेका थिए भन्ने बारे पनि पूर्वमन्त्री थापाले उल्लेख गरे। हरेक दिन नेपाली खेलकुदले मारेको फड्कोले नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने थापाको भनाइ छ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले नेपालको महिला भलिबल उत्कृष्ट योगदान पुर्‍याउँंदै आएकी अरूणालाई सम्मान गरेकोमा धन्यवाद दिँदै नेपाली खेलकुदमा शरदचन्द्र शाहको पालामा धेरै विकास भएको बताए। 

शरदचन्द्र शाहका नाती शभिर शाहले उपस्थिति सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाली खेलकुदलाई अगाडि बढाउन काम गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad