खेल


एसियाली युथ टेबलटेनिस: नेपाल प्रिक्वाटरफाइनलमा

एसियाली युथ टेबलटेनिस: नेपाल प्रिक्वाटरफाइनलमा

नेपालखबर
असार १३, २०८२ शुक्रबार ११:५५, काठमाडौँ

नेपाल २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो। ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन्।

नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन्। नेपालको समूहमा भारत र साउदी अरबिया छन्। नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो।

प्रिक्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ। टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad