ताजकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव बद्री भट्टराईले न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको पत्र दिएका हुन्।
यू-२३ एसियन कप छनोटमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेको समूह एच मा छ। छनोट आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ।

प्रतिक्रिया