निर्देशक कृषा चौलागाइले निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन्। मंगलबार फिल्मको निर्माण टिमले केदारसँग कागजी सम्झाैता गरेको छ।
कृषा र केदारले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन्। फिल्ममा केदार अनुवन्धित भएपछि कृषाले भनिन्, ‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ। हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ। उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौँ।’
यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ। फिल्मको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाँई जापानबाट नेपाल आएका छन्। कलाकार केदारसँग उज्ज्वलले कागजी संझौता गरे।
फिल्ममा मल्टिस्टारर कलाकारहरु रहने छन्। अन्य कलाकारहरुसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभई सकेको निर्माणपक्षले बताएको छ।
यो फिल्ममा यसअघि जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन्। फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ।
यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ। फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ।
Shares

प्रतिक्रिया