स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध अन्तिम खेल खेल्दैछ।
टी–२० आई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
स्कटल्यान्डको ग्लास्गोमा हुने खेल शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ।
सिरिजमा दुई जित निकालेको नेपाली टोली अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्यको खोजीमा हुने छ।
नेपालले बिहीबार नेदरल्याड्ससँग खेलेको टोलीमा एक जनालाई परिवर्तन गरेको छ। यसअघि टोलीमा नियमित रहेका करण केसीको स्थानमा रिजल ढकाललाई मौका दिइएको छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, रिजन ढकाल, ललितनारायण राजवंशी, भिम सार्की, आरिफ शेख, लोकेश बम, रुपेश कुमार सिंह।
Shares

प्रतिक्रिया