उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटका लागि अन्तिम टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले शुक्रबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ। नेपाल रहेको समुहका घरेलु टोली उज्वेकिस्तानसँगै श्रप्लंका र लाओस छन्।
छनोटको पहिलो खेलमा नेपालले असार १५ गते लाओसविरुद्ध खेल्दै एसियन कप छनोटको यात्रा सुरु गर्नेछ। दोस्रो खेलमा १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानविरुद्ध खेल्नेछ।
समूह ‘एफ’को शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली एसियन कपका लागि छनोट हुनेछ।
पहिलो पटक युईएफए प्रो लाइसेन्स प्राप्त प्याट्रिकको प्रशिक्षणमा पहिलो पटक खेल्न लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक महिला टोलीका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक राखेको हो।
नेपाली टोली
गोलरक्षकः अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अन्जना राना मगर
डिफेन्डरः गिता राना, निसा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैसी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल
Shares

प्रतिक्रिया