राजनीति


अहिलेको निर्वाचन प्रणालीले मुलुकलाई बर्बाद गर्छ: उपेन्द्र यादव

अहिलेको निर्वाचन प्रणालीले मुलुकलाई बर्बाद गर्छ: उपेन्द्र यादव

नेपालखबर
असार ६, २०८२ शुक्रबार ११:५८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने बताएका छन्। 

अन्यथा अहिलेको निर्वाचन प्रणालीले मुलुकलाई बर्बाद पार्ने दाबी उनले गरेका छन्। 

‘नेपालजस्तो अल्पविकसित मुलुकमा यत्रो महँगो निर्वाचन प्रणाली हुनु हुँदैन। अहिलेको निर्वाचन प्रणालीले मुलुकलाई बर्बाद गर्छ’, रासससँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अर्को शासकीय स्वरूपमा पनि संशोधन गर्नुपर्छ। अहिलेको शासन व्यवस्था व्यवहारिक रूपमै सफल हुन सकेको छैन। अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ।’

यसरी निर्वाचित राष्ट्रपतिले विज्ञहरूबाट सरकार बनाउनुपर्ने यादवको भनाइ छ। 

उनले अगाडि भनेका छन्, ‘संसद्ले कानुन बनाउने, अनुगमन गर्नेलगायत संसदीय कार्य गर्नुपर्छ। सरकार र संसद्लाई अलग गर्नुपर्छ।’

यस क्रममा यादवले वर्तमान सरकारले संविधान संशोधन गर्न नचाहेको आरोप पनि लगाएका छन्। 

‘संविधान जारी भएकै बेलादेखि संशोधनको कुरा भइरहेको छ, तर कुरामै सीमित छ। संशोधन कुन विषयमा गर्ने भन्ने विषय नै आएको छैन’, उनले भनेका छन्, ‘कुन लक्ष्य प्राप्तिका लागि संशोधन गर्ने भन्ने नै थाहा छैन। संविधान संशोधन फण्डाजस्तो भएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad