खेल


सन्दीपको घातक बलिङमा स्कटल्यान्ड ९७ रनमा समेटियो

सन्दीपको घातक बलिङमा स्कटल्यान्ड ९७ रनमा समेटियो

नेपालखबर
असार ३, २०८२ मंगलबार २१:१८, काठमाडौँ

लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु टी–२० आई त्रिकोणात्मक सिरिजमा जितका लागि घरेलु टोलीले ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली २ बल अगावै ९७ रन बनाउँदा अलआउट भयो। 

पावर प्लेमा नै ५ विकेट लिदै स्कटल्यान्डको ब्याटिङ लाइनलाई नेपालले पूर्ण रुपमा दबाबमा राखेको थियो। सन्दीपले १२ र १७ औँ ओभरमा लगातार २ विकेट लिएपछि स्कटल्यान्डको टोलीलाई थप दबाबमा राखे। 

स्कटल्यान्डलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले चार विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ११ रन दिएर चार विकेट आफ्नो नाममा गरेका हुन्। 

करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट झारे। ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे। 

माइकल लिस्कले बनाएको ४६ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

कप्तान म्याथु क्रोस १५ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। ब्राण्डोन म्याक मुलेन १० रन बनाउँदा ललित राजवंशीको बलमा क्याच आउट हुन पुगे। 

स्कटल्यान्डका आठ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad