बलर नन्दन यादवले नेदरल्यान्डस्विरुद्धको खेलबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका लािग एक दिवसीय खेलमा डेब्यु गरेका छन्।
स्कटल्यान्डमा जारी आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत नेदरल्यान्ड्ससिवरुद्धको खेलमा बलर तथा राइट ह्यान्ड ब्याटर नन्दनले ओडीआईमा डेब्यु गर्ने भएका हुन्।
नन्दनलाई राष्ट्रिय टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यु क्याप दिएका हुन्। नन्दन नेपालका लागि ओडीआईमा डेब्यु गर्ने ४२ औँ खेलाडी हुन्।
उनले गत चैतमा कतारविरुद्धको खेलबाट टी–२० मा डेब्यु गरेका थिए।
81
Shares

प्रतिक्रिया