खेल


आईसीसीको हल अफ फेममा समावेश भएपछि महेन्द्रसिंह धोनीले भने: ठूलो सम्मान

आईसीसीको हल अफ फेममा समावेश भएपछि महेन्द्रसिंह धोनीले भने: ठूलो सम्मान

महेन्द्रसिंह धोनी


नेपालखबर
जेठ २७, २०८२ मंगलबार ८:३३, काठमाडौँ

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई सोमबार लन्डनमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को हल अफ फेममा समावेश गरिएको छ। 

हल अफ फेममा समावेश हुनु आफ्ना लागि ठूलो सम्मान भएको क्रिकेटर धोनीले बताएका छन्।

उनले भने, ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानलाई मान्यता दिने आईसीसी हल अफ फेममा समावेश हुनु मेरा लागि ठूलो सम्मानको कुरा हो।’

उनले थपे, ‘यति महान् खेलाडीहरूसँग मेरो नाम देख्नु साँच्चै एक शानदार अनुभव हो। यो त्यस्तो क्षण हो जुन म सधैँ सजाएर राख्नेछु।’

धोनीले २००४ मा भारतीय क्रिकेट टोलीको लागि आफ्नो पहिलो इनिङ खेलेका थिए। उनले आफ्नो क्रिकेट करियरमा ३५० एकदिवसीय, ९८ टी-२० र ९० टेस्ट खेल खेलेका छन्।

उनको कप्तानीमा भारतीय क्रिकेट टोलीले २००७ मा आईसीसी टी-२० विश्वकप, २०११ मा आईसीसी विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो।

आईसीसीले सोमबार क्रिकेट जगत्‌का सात खेलाडीहरूलाई हल अफ फेममा समावेश गर्ने घोषणा गरेको छ, जसमा पाँच पुरुष र दुई महिला खेलाडी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad