नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड हात पारेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बुधबार विभिन्न विधाको विजेता सार्वजनिक गरेको थियो।
डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्डमा नेपाल एसिया क्षेत्रको विजेता बनेको हो।
एसोसियट क्रिकेटमा डिजिटल प्लेटफर्म, अभियान र प्रविधिको प्रयोग गरि वर्षभरी प्रशंसकसँग नजिक रहेका कारण नेपालले यो अवार्ड हात पारेको हो।
नेपालले एसिया क्षेत्रका अन्य देशलाई पछि पार्दै लगातार दोस्रो पटक यो अवार्ड हात पारेको हो। नेपालले अघिल्लो वर्षपनि यो अवार्ड हात पारेको थियो।
141
Shares

प्रतिक्रिया