गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री उनले मनसुनजन्य विपद्को पूर्वानुमान भए पनि पनि भूकम्प र आगलागीको पूर्वानुमान नहुने बताए।
उनले विपद्को जोखिम न्यनीकरण र व्यवस्थापन नेपाल प्रहरीको पनि जिम्मेवारी भएको बताए। ‘विपद्को जोखिम न्यनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ,’ लेखकले भने, ‘नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ। मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ। विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ। हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ।’
Shares

प्रतिक्रिया