खेल


श्रेयस अय्यर र हार्दिक पाण्ड्यालाई क्रमश: २४ लाख र ३० लाख जरिवाना

श्रेयस अय्यर र हार्दिक पाण्ड्यालाई क्रमश: २४ लाख र ३० लाख जरिवाना

नेपालखबर
जेठ १९, २०८२ सोमबार २१:१९, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को छनोट २ को क्रममा पन्जाब किंग्सका कप्तान श्रेयस अय्यर र मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई ढिलो ओभर रेट (समयमा ओभर पूरा नगरेको) का कारण जरिवाना गरिएको छ।

आइतबार अहमदाबादमा मुम्बई र पन्जाबबीच आईपीएल छनोट २ खेल भएको थियो। जसमा पन्जाबबले मुम्बईलाई ५ विकेटले हराउँदै फाइनलमा पुग्यो। 

तर खेलमा ढिलो ओभर रेटका कारण पन्जाबका कप्तान अय्यरलाई २४ लाख रुपैयाँ जरिवाना गरिएको हो। यस्तै पराजित मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई पनि त्यही कारण ३० लाख रुपैयाँ जरिवाना गरिएको छ। 

आईपीएलको आधिकारिक वेबसाइटका अनुसार, पन्जाबले आईपीएलमा दोस्रोपटक नियम उल्लंघन गरेको छ र मुम्बईले तेस्रो पटक समयमै ओभर पूरा गर्न नसकेको हो। 

साथै पन्जाबको प्लेइङ इलेवनका बाँकी खेलाडीलाई ६ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको २५ प्रतिशत (जुन कम हुन्छ) जरिवाना गरिएको छ।

साथै मुम्बईका खेलाडीहरूलाई १२ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको ५० प्रतिशत जरिवाना गरिएको छ।

आईपीएलको यस सिजनको फाइनल खेल जुन ३ मंगलबार अहमदाबादमा हुनेछ। जसमा रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किंग्स भिड्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad