खेल


एसियन कप छनोट खेल्न हङकङ जाने टोलीमा २३ खेलाडी, १६ जना अफिसियल

एसियन कप छनोट खेल्न हङकङ जाने टोलीमा २३ खेलाडी, १६ जना अफिसियल

नेपालखबर
जेठ १९, २०८२ सोमबार १८:४५, काठमाडौँ

एएफसी एसियन कप, २०२७ को छनोट तथा हङकङसँगको मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३९ सदस्यीय जम्बो टोली हङकङ जाने भएको छ। एन्फाका अनुसार २३ खेलाडी, ९ जना अफिसियल र ७ जना पदाधिकारी हङकङ जाने भएका हुन्। 

एन्फाले खेलको मौका पारेर जम्बो टोलीलाई वैदेशिक भ्रमणमा पठाएको यो पहिलोपटक भने हैन। हङकङ जाने टोलीमा एन्फा उपाध्यक्ष दावा लामा, विजय घलेलगायत पदाधिकारीको ठूलो टोली छ। 

नेपाली टोली मंगलबार ११:२० बजे हङकङ प्रस्थान गर्ने तालिका छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम गर्दै खेलाडी र टिम अफिसियलको बिदाइ गरेको हो। 

हङकङ जाने खेलाडी र टिम अफिसियललाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एन्फा महासचिव किरण राई लगायतले बिदाइ गरे। 

एसियन कप छनोट र हङकङसँगको खेलका लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरे। 

नेपाली टोलीले बिहिबार हङकङमा मैत्रीपूर्ण खेल खेलेर उतैबाट लाओस जाने तालिका छ। नेपालले २७ गते मंगलबार लाओसविरुद्ध एसियन कपको छनोट खेल खेल्नेछ। 

२३ सदस्यीय अन्तिम टोलीः 
अभिषेक लिम्बू, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ, जिलेस्पीजंग कार्की, कृतीशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मनिकुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनीष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ।
मुख्य प्रशिक्षक: म्याट रोस
सहायक प्रशिक्षक: सल्यान खड्गी,
टिम एनालिस्ट: लिन्डसे डेबिट हेन्डरसन
गोलकिपिङ प्रशिक्षक: विनोद महर्जन,
फिजियोथेरापिस्ट: सुजन अमात्य,
टिम डाक्टरः राजु डंगोल, 
टिम म्यानेजर: टंक लाल राई, 
सहायक टिम म्यानेजर: केशव कुमार कार्की, 
मिडिया पर्सन: अभय कुमार राई 
पदाधिकारी: दावा लामा, पुरुषोत्तम थापा मगर, दीपेन्द्र धिमाल, लोकेन्द्र गुरुङ, प्रविन कुमार यादव, ठाकुरबहादुर सुस्लिङ, विजय घले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad