खेल


खेलाडीलाई बिदाइ गर्दै मन्त्री चौधरीले भने: सके जित्नू, नसके बराबरी गर्नू

खेलाडीलाई बिदाइ गर्दै मन्त्री चौधरीले भने: सके जित्नू, नसके बराबरी गर्नू

नेपालखबर
जेठ १९, २०८२ सोमबार १५:१, काठमाडौँ

एएफसी एसियन कप २०२७ को छनोटअघि हङकङसँगको मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ जाने नेपाली टोलीको बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको हो। 

खेलाडीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सकेसम्म जितेर आउन र नसके बराबरीमा रोकेर आउन शुभकामना दिए।  

टोलीलाई मन्त्री चौधरी, एन्फा महासचिव किरण राईसहितका पदाधिकारीले बिदाइ गरेका थिए। छनोटका लागि २३ खेलाडीसहित ४० सदस्यीय टोली हङकङ जानेछ।

एसियन कप छनोट र हङकङसँगको मैत्रपूर्ण खेलका लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन्। 

नेपालले बिहीबार हङकङसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। त्यसपछि नेपालले जुन १० मा लाओसविरुद्ध छनोट खेल खेल्नेछ। 

हङकङसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली भोलि मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ। 

अन्तिम टोलीः 
अविशेक लिम्बू, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ, जिलेस्पी जंग कार्की, कृतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मनिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनीष श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad