राजनीति


विपक्षी दललाई ओलीको चेतावनी– ज्यादती अब सह्य हुँदैन, संसद् चल्छ

विपक्षी दललाई ओलीको चेतावनी– ज्यादती अब सह्य हुँदैन, संसद् चल्छ

नेपालखबर
जेठ १९, २०८२ सोमबार १५:१२, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुले संसद् अवरोध गरेर ज्यादती गरेको भन्दै अब सह्य नहुने चेतावनी दिएका छन्।

सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा सम्बोधन गर्दै उनले यसरी संसद अवरोध भइरहन नसक्ने समेत उल्लेख गरे।

‘यसरी संसद अवरोध हुँदैन, यसरी संसद अवरोध चल्दैन यो,’ ओलीले भने, ‘जहिले पनि संसद् अवरोध, जहिले पनि संसद् अवरोध, दुई जना उठ्यो, करायो, हल्ला गर्‍यो, संसद् अवरोध? संसद् अवरोध त्यसरी हुन सक्दैन।' 

विपक्षी कराए पनि अब संसद् अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ।  ‘उहाँहरु कराउनु होला, तर संसद् अघि बढाउनुपर्छ। धेरै भयो उहाँहरुको ज्यादती। अत्ति नै भयो।’

कोही विरोधमा उत्रिने बित्तिकै विपक्षी दलहरु सर्मथनमा पुग्ने गरेको भन्दै उनले कटाक्ष समेत गरे। ‘उहाँहरुलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्नुभएको छ,’ ओलीले भने,  ‘अनि कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छन्।’

उनले थपे, ‘कोही माईतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन्। साइँलाले पैसा सापटी लिएको मलाई तिरेन भनेर माईतीघर मण्डलामा कोही आयो भने विपक्षी पार्टी सबै कुदेर पुग्ने– हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिनसक्छ, माग पूरा गराएरै छोड्नु्स्, पैसा पाउनुपर्छ, यस्तो तरिका छ। यो तरिका होइन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad