खेल


पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा

पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार ५:५८, काठमाडौँ

रोयल च्यालेन्जर्स बैंग्लोर सन् २०१६ पछि पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। 

बिहीबार राति भएको पहिलो क्वालिफायरमा पन्जाबमाथि ८ विकेटको फराकिलो जित निकाल्दै बैंग्लोरले फाइनलमा स्थान बनाएको हो। 

सन् २००८ मा आईपीएलमा डेब्यु गरेको बैंग्लोरले सन् २०११ र २०१६ मा फाइनल खेलेको थियो। तर ती दुवै संस्करण उपविजेतामा सिमित बन्न पुग्यो। 

पञ्जावले दिएको १ सय २ रनको लक्ष्य बैंग्लोरले १० ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।  बैंग्लोरका लागि ओपनर फिल साल्ट ५६ र कप्तान रजत पाटिदार १५ रनमा अविजित रहे। 

ओपनर साल्टले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। विराट कोहली १२ र मयंक अग्रवाल १९ रनमा पेभेलियन फर्के। 

त्यसअघि मल्लापुरस्थित महाराजा याधावृन्द सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा  बैंग्लोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पञ्जावले १४.१ ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो। 

खराब ब्याटिङ गरेको पञ्जावका लागि माक्युर्स स्टोइनिसले बनाएको २६ रन नै सर्वाधिक रह्यो। प्रभिसमरन सिंह र अज्मातुल्लाह ओमारजाइले समान १८ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पञ्जावलाई सस्तैमा रोक्न  बैंग्लोरका जस हेजलवुड र सुयस शर्माले समान ३ विकेट लिए। यस दयालले २ विकेट झारे। भुवनेश्वर कुँवर र रोमारियो सेफर्डले समान एक विकेट आफ्नो नाममा गरे। 

पराजित भएको पञ्जावले अब फाइनल पुग्न अझै एक मौका पाउनेछ। पञ्जावले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। 

एलिमिनेटर खेलमा आज शुक्रबार गुजरात टाइटन्स र मुम्बइ इन्डियन्स मिड्नेछन्। सो खेल राति पौने ८ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad