खेल


आईसीसी विश्वकप लिग २: स्कटल्यान्डमा हुने सिरिजका लागि निक पोथास कन्सल्ट्यान्ट कोच नियुक्त

आईसीसी विश्वकप लिग २: स्कटल्यान्डमा हुने सिरिजका लागि निक पोथास कन्सल्ट्यान्ट कोच नियुक्त

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १२:२६, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजका लागि दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथास कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्यान्ट कोचको रुपमा निकलाई नियुक्त गरेको जानकारी दिएको हो। 

निकले यसअघि श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश लगायतका देशमा काम गरिसकेका छन्। निक सन् २०२४ सम्म बंगलादेशको टोली हेरिरहेका थिए। 

उनको आगमनले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तयारीमा सहयोग पुग्ने आशा क्यानले गरेको छ। 

स्कटल्यान्डमा नेपालले नेदरल्यान्ड सम्मिलित त्रिकोणत्मक सिरिज खेल्नेछ। सिरिजका लागि नेपाली टोली स्कटल्यान्ड पुगिसकेको छ। 

सिरिजअघि नेपालले स्कटल्यान्डमा नै स्कटल्यान्ड ए टोलीसँग दुई अभ्यास खेल खेल्नेछ। पहिलो अभ्यास खेल २९ मे मा र ३१ मे मा दोस्रो एक दिवसीय खेल खेल्ने तालिका छ। 

अभ्यास खेलपछि नेपालले २ जुनमा स्कटल्यान्डविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्नेछ। दोस्रो खेल ४ जुनमा नेदरल्यान्डविरुद्ध खेल्नेछ। ८ जुनमा स्कटल्यान्डसँग र १० जुनमा नेदरल्यान्डसँग खेल्ने तालिका छ। 

त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्डसँग टी–२० सिरिज खेल्नेछ। 

नेपाली टोली

रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरि (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल छन्।

टी–२० आई सिरिजका लागि किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad