खेल


आईपीएलको पहिलो क्वालिफायरमा आज, शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै

आईपीएलको पहिलो क्वालिफायरमा आज, शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १२:१४, काठमाडौँ

इण्डियन प्रिमियर लिलग (आईपीएल) को पहिलो क्वालिफायरमा आज बिहीबार शीर्ष स्थानको पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लुरु भिड्दैछन्। 

मुल्लानपुरस्थित महाराजा याधावृन्दा सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल पुग्न थप एक अवसर पाउनेछ। पराजित टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।

१४ खेलबाट समान ९ खेलमा जित, ४ खेलमा हार र १ खेलमा अंक बाँडेका पञ्जाव र बैग्लुरु शीर्ष र दोस्रो स्थानमा रहेका हुन्। समान १९ अंक भएपनि नेट रनरेटमा पञ्जाव शीर्ष र बैग्लोर दोस्रो स्थानमा रहे। 

सन् २०१४ पछि प्लेअफमा पुगेको पञ्जाव पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुग्न चाहान्छ। एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बइ इण्डियन्स भिड्नेछन्। 

एलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ। पराजित हुने टोली बाहिरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad