खेल


जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १४:०, काठमाडौँ

बंगलादेशमा सम्पन्न  क्रिरा सिखा प्रोतिष्ठान (बीकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण पदक सहित १० पदक जितेको छ। 

नेपालले ५ स्वर्ण पदक, १ रजत र ४ कास्य पदक हात पार्दै समग्रमा उपविजेता बनेको हो। प्रतियोगितामा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कास्य पदक जिते। प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक जिते। 

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण पदक दिलाए। 

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत पदक जिते। पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कास्य पदक हात पारे।

प्रतियोगितामा नेपालबाट १२ खेलाडी सहभागी थिए। ति मध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन्। प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन्। राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बताए। बंगलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कास्य पदक जित्दै टिम च्याम्पियन बन्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad