इन्डियन प्रिमियर लिग (आइपीएल) मा आइतबारको पहिलो खेलमा शीर्ष स्थानको गुजरात टाइटन्स र पुछारको चेन्नइ सुपर किंग्स भिड्दैछन्।
अहमावदस्थित क्रिकेट मैदानमा हुने खेल पौने ४ बजे सुरु हुनेछ। यसअघि नै प्लेअफमा स्थान बनाइसकेको गुजरातलाई पहिलो क्वालिफायरमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।
गुजरातले आजको खेलमा हार व्यहोरे एलिमिनेटर खेल्नुपर्ने हुन्छ। त्यसका लागि मुम्बइ र पञ्जावबीचको खेलमा पराजित हुने टोली तथा रोयल च्यालेन्जर्स बैग्लोरबीच र लखनउ सुपर जायन्टबीचको खेलको विजेतासँग एलिमिनेटर खेल्नुपर्नेछ।
गुजरात आजको खेलमा जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान पक्का गर्न चाहान्छ।
प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको चेन्नइ पछिल्ला तिन खेलमा लगातार हार व्यहोर्दै आएको छ। चेन्नइ आजको खेलमा शीर्ष स्थानको गुजरातलाई हराउँदै जारी सिजनको आइपिएलको सुखद अन्त्य गर्न चाहान्छ।
लिग चरणको पहिलो खेलमा गुजरातले चेन्नइलाई ३५ रनले हराएको थियो।
आजै हुने दोस्रो खेलमा प्लेअफबाट बाहिरिसकेका कोलकता र सनराइजर्स हैदरावाद भिड्नेछन्। सो खेल राति पौने ८ बजे सुरु हुनेछ।
Shares

प्रतिक्रिया