खेल


१७ वर्षपछि टोटनह्यामलाई युरोपा लिगको उपाधि

१७ वर्षपछि टोटनह्यामलाई युरोपा लिगको उपाधि

नेपालखबर
जेठ ८, २०८२ बिहिबार ५:४७, काठमाडौँ

म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले १७ वर्ष लामो उपाधिको प्रतीक्षा अन्त्य गरेको छ।

बुधबार राति स्पेनको सान मामेस स्टेडियममा भएको युरोपा लिगको फाइनलमा युनाइटेडलाई १–० गोल अन्तरले जित्दै टोनटह्यामले उपाधि हात पारेको हो। 

टोटनह्यामले यो तेस्रोपटक युरोपा लिग उापधि जितेको हो। यसअघि टोटनह्यामले सन् १९७२ र १९८४ मा उपाधि जितेको थियो। 

टोटनह्यामलाई उपाधि दिलाउन ब्रेनन जोन्सनले निर्णायक गोल गरे। पहिलो हाफको ४२ औँ मिनेटमा ब्रेननले गरेको गोल नै निर्णायक बन्यो। 

युरोपा लिग च्याम्पियन बनेसँगै टोटनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाएको छ। च्याम्पियन्स लिगमा छनोट भएपटि क्लबले १ सय मिलियन पाउण्डको आर्थिक लाभ समेत पाउनेछ। 

आलोचनाको सामना गर्दै आएका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले स्पर्स टोलीलाई दोस्रो सिजनमा उपाधि दिलाउने वाचा समेत पूरा गरेका छन्। 

यता युनाइटेडका प्रशिक्षक रुबेन आमोरिमले आइतबार एस्टन भिल्लाविरुद्ध सिजनको अन्तिम प्रिमियर लिग खेलमा टोली उतार्नेछन्। सन् १९७३–७४ बो रेलिगेसनपछिको सबैभन्दा खराब सिजनपछि उनको क्षमतामाथि पनि ठुलो प्रश्न उठेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad