खेल


आईपीएल: मुम्बई प्लेअफमा पुग्दा बाहिरियो दिल्ली

आईपीएल: मुम्बई प्लेअफमा पुग्दा बाहिरियो दिल्ली

नेपालखबर
जेठ ८, २०८२ बिहिबार ५:५७, काठमाडौँ

दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।

बुधबार राति भएको खेलमा दिल्लीलाई हराउँदै मुम्बइ प्लेअफमा पुग्ने चौथो टोली बनेको हो। यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैग्लुरु र पन्जाब किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन्। 

मुम्बइसँगको हारले दिल्लीको प्लेअफ पुग्ने सपनामा सकिएको छ। पाँच पटकको च्याम्पियन मुम्बइ ११औँ पटक आईपीएलको प्लेअफमा पुगेको हो। 

मुम्बइले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा समेटियो। दिल्लीका लागि समिर रिज्भीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। भिपराज निगम २० र आशुतोष शर्माले १ र ओपनर केएल राहुलले ११ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

दिल्लीलाई सस्तैमा रोक्न मिचेल सान्टनर र जसप्रित बुमराहले समान ३ विकेट लिए। कर्ण शर्मा, टे«न बोल्ट, दिपक चाहार र विल ज्याम्सले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि मुम्बइको घरेलु मैदानमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मुम्बइले निर्धारित निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो। 

मुम्बइका सुर्यकुमार यादव ७३ रनमा अविजित रहे। यादवले ४३ बलमा ७ चौका र ४ चौका प्रहार गरे। तिलक बर्माले २७ र रायन रिकेल्टोनले २५ रन थपे। निमर धिर २४ रनमा अविजित रहे। विल ज्याक्सले २१ रन बनाए। 

दिल्लीका मुकेस कुमारले २ विकेट लिए। कुलदिप यादव, दुस्माथा चमिरा र मुस्ताफीजुरले समान एक विकेट आफ्नो नाममा गरे। 

आईपीएलको यो सिजन दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नइ सुपर किंग्स लिग चरणबाटै बाहिरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad