खेल


१० वर्षपछि केभिन डि ब्रुयनले छाडे म्यानचेस्टर सिटी

१० वर्षपछि केभिन डि ब्रुयनले छाडे म्यानचेस्टर सिटी

नेपालखबर
जेठ ७, २०८२ बुधबार ५:४५, काठमाडौँ

केभिन डि ब्रुयनले म्यानचेस्टर सिटीका लागि मंगलबार राति घरेलु मैदानमा अन्तिम खेल खेल्दै क्लबबाट बिदा भएका छन्।

क्लबबाट बिदा हुँदै गर्दा भावुक बनेका उनले सिटीबाट खेल्न पाउनु आफ्ना लागि सम्मानको कुरा भएको बताए।

उनले भने, ‘मैले जीवनभरका लागि साथी बनाएको छु।’ 

सिटीमा १० वर्ष बिताएका ब्रुयनले यो क्लबका लागि ४०० भन्दा बढी खेल खेले। उनले क्लबलाई १९ भन्दा बढी मुख्य उपाधि दिलाउन मद्दत गरेका छन्।

यसैबीच इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा १० खेलाडीमा सीमित एएफसी बर्नमाउथलाई ३–१ ले हराउँदै सिटी विजयी भएको छ। 

जितसँगै सिटीले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राखेको छ। शनिबार भएको एफए कपको फाइनलमा सिटी क्रिस्टल प्यालेससँग हारेको थियो।

खराब सिजनमा प्रिमियर लिगको शीर्ष पाँचमा रहन सिटीका लागि गएरातिको जित निकै महत्त्वपूर्ण छ। 

जितसँगै सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। आइतबार हुने सिजनको अन्तिम खेलमा फुलह्यामलाई हराउन वा बराबरीमा रोक्न आवश्यक छ। 

युरोपको शीर्ष तालिकामा पुनरागमन गर्न सिटीलाई अब एक अंक आवश्यक छ।

सिटीको जितमा ओमोर मार्मोस, बेर्नान्डो सिल्भा र निकोले समान एक गोल गरे। सिटी खेलको ६७औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। 

खेलको ६७औँ मिनेटमा माटेओ कोभासिकले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि सिटी १० खेलाडीमा समेटिएको थियो।

यता खेलको ७३औँ मिनेटमा लुइस कुकले पनि सिधै रातो कार्ड खादै मैदान छाडे।

गएराति भएको अर्को खेलमा क्रिस्टल प्यालेसले वुल्भ्सलाई ४–२ ले हराएको छ।

शनिबार मात्र सिटीलाई हराउँदै एफए कपको उपाधि जितेको क्रिस्टल प्यालेसले च्याम्पियन छविलाई कायम राख्दै जित हात पारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad