खेल


आईपीएल: दिल्ली क्यापिटल्स टोलीमा ठूलो परिवर्तन

आईपीएल: दिल्ली क्यापिटल्स टोलीमा ठूलो परिवर्तन

नेपालखबर
जेठ १, २०८२ बिहिबार ६:३९, काठमाडौँ

आईपीएल २०२५ पुन: सुरु हुनुभन्दा पहिले दिल्ली क्यापिटल्स टोलीमा ठूलो परिवर्तन भएको छ।

फ्रान्चाइजीले सामाजिक सञ्जालमा पोस्टमार्फत यो जानकारी दिएको हो।

पोस्टमा मुस्ताफिजुर रहमान टोलीमा फर्किरहेको उल्लेख गरिएको छ।बंगलादेशका मुस्ताफिजुरले अस्ट्रेलियाली क्रिकेटर ज्याक फ्रेजर म्याकगर्कको स्थान लिनेछन्।

दिल्ली क्यापिटल्सले आईपीएलका बाँकी खेलका लागि मुस्ताफिजुरलाई प्रतिस्थापन खेलाडीका रूपमा छनोट गरेको हो।

आईपीएल स्थगन भएपछि घर फर्किएका दिल्ली क्यापिटल्सका धेरै खेलाडीमध्ये म्याकगर्क पनि एक थिए।

भारत र पाकिस्तानबीचको तनावपछि आईपीएल एक हप्ताका लागि स्थगन गरिएको थियो।

मुस्ताफिजुर आईपीएलको लागि नयाँ नाम होइन। बंगलादेशका मुस्ताफिजुरले अहिलेसम्म ५७ आईपीएल खेल खेलेका छन् र ६१ विकेट लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad