खेल


प्रिमियर लिग: दुई हप्ताअघि उपाधि जितेको लिभरपुलसँग आर्सनलले खोस्यो अंक

प्रिमियर लिग: दुई हप्ताअघि उपाधि जितेको लिभरपुलसँग आर्सनलले खोस्यो अंक

नेपालखबर
बैशाख २९, २०८२ सोमबार ५:५३, काठमाडौँ

दुई हप्ताअघि उपाधि जितेको लिभरपुलसँग पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागन गर्दै प्रिमियर लिगमा अंक खोसेको छ। 

आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुल र आर्सनलले २–२ को बराबरी गोल गर्दै अंक बाँडेका हुन्। 

खेलको पहिलो हाफमा नै २ गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा पुनरागमन गरेको हो। 

मिकेल मेरिनोको गोलमा आर्सनल बरबरीमा आएको थियो। त्यसको केही समयमा नै मेरिनोले दोहोरो पहेलो कार्ड खादै मैदान छाडे। 

खेलको ७० औँ मिनेटमा मेरिनोले गोल गर्दै आर्सनललाई २–२ को अवस्थामा ल्याएका थिए। ७९ औँ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका हुन्। 

त्यसअघि खेलको ४७ औँ मिनेटमा गाब्रियल मार्टिनेलीको हेडर गोलमा आर्सनल खेलमा फर्कने संकेत गरेको थियो। उनले लियान्ड्रो ट्रोसार्डको क्रसमा मार्टिनेलीले गोल गरेका थिए। 

लिगको उपाधि जितिसकेको लिभरपुलले आर्सनलविरुद्ध पहिलो हाफमा दुई मिनेटमा नै दुई गोल गर्दै अग्रता बनाएको थियो। 

खेलको २० औँ मिनेटमा एन्डी रोबर्टसनको क्रसमा कोडि गोक्पोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। 

त्यसको एक मिनेटमा नै लुइस डियाजको गोलमा लिभरपुलले अग्रता दोब्बर पारेको थियो। 

गएराति कै अन्य खेलमा न्युक्यासलले चेल्सीलाई २–० ले हराएको छ। टोटनह्याम हट्सपुर क्रियटल प्यालेससँग २–० ले नै पराजित भयो। 

म्यानचेष्टर युनाइटेडले वेष्ट ह्यामसँग २–० ले नै हार व्यहोर्न पुग्यो। लेष्टर सिटी र नटिङघम फरेष्टले भने २–२ को बराबरी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad