खेल


कतारविरुद्ध युएईका १० खेलाडीले लिए रिटायर्ड आउट, १६३ रनको जित

कतारविरुद्ध युएईका १० खेलाडीले लिए रिटायर्ड आउट, १६३ रनको जित

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १५:३७, काठमाडौँ

युएईका १० खेलाडीले रिटायर्ड आउट लिएको खेलमा कतारविरुद्ध १ सय ६३ रनको फराकिलो जित दर्ता गरेको छ।

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईका १० खेलाडीले रिटायर्ड आउट लिए। थाइल्यान्डस्थित बैंककको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले १६ ओभरमा १ सय ९१ रन बनाउँदा १० खेलाडीले रिटायर्ड आउट लिए।

ओपनर तथा कप्तान इशा ओझाले ५५ बलमा १४ चौका र ५ छक्का सहयोगमा १ सय १३ रन बनाउँदै रिटायर्ड आउट लिइन्।

अर्की ओपनर तथा विकेट किपर तीर्थ सतिसले ४२ बलमा ११ चौका सहयोगमा ७४ रन बनाउना रिटायर्ड आउट लिइन्।

त्यसपछि क्रिजमा आएका ८ खेलाडीले नै शून्य रनमा नै रिटायर्ड आउट लिए। केजिया मेरियम सविन पनि शून्य रनमा अविजित रहिन्।

युएईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कतार ११.१ ओभरमा २९ रन बनाउँदा अलआउट भयो।

कतारकी ओपनर रिज्पा बानो २० रन बनाउँदा रन आउट भईन्। ८ खेलाडी शून्य रनमा पेभेलियन फर्के।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad