महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोट शुक्रबार (वैशाख २६) देखि सुरु हुने भएको छ। पहिलो दिन नेपालले थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान ८ः४५ बजे हङकङको सामना गर्दैछ।
नेपाल रहेको समूह ‘सी’ हङकङसँगै बहराइन पनि छ। छनोट खेलका लागि नेपाली महिला टोली यसअघि नै थाइल्यान्ड पुगेर अभ्यास गरिरहेको छ।
एसिया छनोटमा ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै कुवेत र भुटान छन्। समूह ‘बी’ मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स छन्।
हरेक टोलीले आफ्नो समूहमा रहेका दुवै टोलीसँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टिम सुपर ३ मा छनोट हुनेछन्।
नेपालले दोस्रो खेल बहराइनसँग शनिबार (मे १०) र मंगलबार (मे १३) हङकङसँग तेस्रो तथा समूहको अन्तिम खेल बिहीबार (मे १५) बहराइनसँग खेल्नेछ।
समूह चरणको खेलपछि शीर्ष तीन टोलीबिच खेल हुनेछ।
सुपर–३ का शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन्।
नेपाली टोली
इन्दु वर्मा (कप्तान), पूजा महतो (उप कप्तान), बिन्दु रावल, राजमती ऐरी, कविता कुँवर, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार, सबनम राई, रिया शर्मा, रुबिना छेत्री, सम्झना खड्का, रोमा थापा, ईश्वरी बिस्ट।
Shares

प्रतिक्रिया