पाकिस्तानले बिहीबार राति ८ बजे आत्मघाती ड्रोनबाट जम्मुमा आक्रमण गरेको तर भारतीय वायु रक्षा मिसाइलले सबै ड्रोन खसालेको दाबी भारतीय पत्रिका दैनिक भास्करले गरेको छ।
जम्मुमा राति ८ बजेदेखि ब्ल्याकआउट भएको र पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको दाबी पनि उक्त पत्रिकाले गरेको छ।
उसका अनुसार धेरै ड्रोन देखिएका छन्। आरएस पुरा सेक्टरमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।
सीमावर्ती राज्यहरू पन्जाब, जम्मु कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्। यसअघि पन्जाबको गुरदासपुर, राजस्थानको बारमेर, जैसलमेर र जोधपुरमा दैनिक राति ९ बजेदेखि बिहान ५ बजेसम्म ब्ल्याकआउट गर्ने आदेश दिइएको थियो।
यी सहरका लागि स्थानीय प्रशासनले निर्देशिका जारी गरेको छ। बीकानेरको श्री गंगानगरमा प्रशासनले अर्को आदेश नभएसम्म ड्रोन उडाउन र पटाका पड्काउन प्रतिबन्ध लगाएको छ।
Shares

प्रतिक्रिया