जम्मु-कस्मिरको लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मंगलबार आतंककारीहरूले अचानक आक्रमण गर्दा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा २४ जना मारिनाका साथै धेरै जना घाइते भएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको कडा शब्दमा निन्दा गर्दै यस जघन्य आक्रमणमा संलग्न कसैलाई नछाडिने बताएका छन्।
प्रधानमन्त्री मोदीले केन्द्रीय गृहमन्त्री अमित शाहलाई फोन गरी तत्काल कारबाही अघि बढाउन निर्देशन दिएका छन्।
शाह सबै सुरक्षा एजेन्सीहरूसँग आपत्कालीन बैठक आह्वान गरी श्रीनगर गएका छन्।
घटनापछि पहलगाम र वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सेना, सीआरपीएफ र स्थानीय प्रहरीले आक्रमणकारी खोजी अभियान चलाइरहेका छन्।
घाइते सबैलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ।
Shares

प्रतिक्रिया