खेल


पाकिस्तानको सैन्य अभ्यासमा सर्वोत्कृष्ट हुने नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान

पाकिस्तानको सैन्य अभ्यासमा सर्वोत्कृष्ट हुने नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १८:११, काठमाडौँ

पाकिस्तानमा भएको सैन्य अभ्यासमा सर्वोत्कृष्ठ हुने नेपाली सेनाको टोलीलाई जंगी अड्डामा समान गरिएको छ। 

पाकिस्तानको सैन्य अभ्यासमा स्वर्ण पदक विजेता ११ जनालाई सैनिकलाई नेपाली सेनाले मंगलबार जंगी अड्डामा आयोजित एक समारोहमा सम्मान गरेको हो।

स्वर्ण पदक विजेता टोलीलाई प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानसेनापति प्रशंसा निशानद्वारा सुशोभित गरेका हुन्।

अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूपसम्मान गरिएको सेनाले जनाएको छ।

२०८१ चैत २८ गतेबाट वैशाख ५ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागितामा सैन्य अभ्यास सञ्चालन भएको थियो।

सहभागी टोलीहरू बिच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशल लगायतका दक्षताहरूको परीक्षण गरिएको थियो। जसमा नेपालले स्वर्ण पदक जितेको हो।

सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad