खेल


नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस (तस्बिरहरू)

नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस (तस्बिरहरू)

सौगात दाहाल
बैशाख ९, २०८२ मंगलबार ९:२०, काठमाडौँ

स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी कार्लोस मंगलबार बिहान नेपाल आइपुगेका छन्। 

उनीसहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो।

कार्लोस नेपाल सुपर लिग (एनएसएल) को फाइनलअघि काठमाडौँ आइपुगेका हुन्। 

रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन्। 

फिफा विश्वकप र चार ला लिगा उपाधिहरूसहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौँ फुटबलप्रेमीहरूलाई प्रेरित गरेका छन्।

उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनेछन्। उनको परिस्थितिबाट एनएसएल मञ्चमा जोस र उत्साह छाउने अपेक्षा गरिएको छ।

एनएसएलमा उनको उपस्थितिले विश्व फुटबलको नक्सामा हाम्रो लिगको पहिचान अझै उजागर हुनेछ।

एनसेल एनएसएलमा कार्लोसको उपस्थिति लिगका लागि एक ठूलो उपलब्धि र देशकै लागि गर्वको क्षण हो। 

नेपालको प्रमुख फ्रेन्चाइज-आधारित फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) ले देशभरका शीर्ष प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइरहेको छ।

रोमाञ्चक खेल, उत्साही फ्यान र अब रोबर्टो कार्लोसको उपस्थितिसँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो साबित हुँदै छ।

हर्नुहोस् कार्लोस काठमाडौँ अवतरणका केही तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad