खेल


प्रिमियर लिग: इप्सविच टाउनमाथि आर्सनलको सानदार जित

प्रिमियर लिग: इप्सविच टाउनमाथि आर्सनलको सानदार जित

नेपालखबर
बैशाख ८, २०८२ सोमबार ५:४७, काठमाडौँ

लियान्द्रो ट्रोसर्डको दुई गोल सहयोगमा आर्सनलले प्रिमियर लिगमा इप्सविच टाउनमाथि सानदार जित दर्ता गरेको छ। 

आइतबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा सिमित इप्सविचमाथि ४–० को फराकिलो जित दर्ता गरेको गरेको हो। 

आर्सनलको जितमा लियान्द्रोले दुई गोल गरे। गाब्रियल मार्टिनेली र इथन नवानेरीले समान एकएक गोल गरे। 

पहिलो हाफको १४ औँ मिनेटमा लियान्द्रोको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। २८ औँ मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। 

पहिलो हाफको ३२ औँ मिनेटमा इप्सविच १० खेलाडीमा समेटिन पुग्यो। लाइफ डेभिसले बुकायो साकामाथि खराब ट्याकल गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाएका थिए। त्यसपछि इप्सविच १० खेलाडीमा सिमित बन्यो। 

पहिलो हाफमा नै २–० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप २ गोल गर्यो। खेलको ६९ औँ मिनेटमा लियान्द्रोले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि तेस्रो गोल गरे। र खेलको ८८ औँ मिनेटमा नवानेरीले गोल थप्दै आर्सनललाई फराकिलो जित दिलाए। 

गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको लिभरपुलले रेलिगेसनमा परेको लेष्टर सिटीमाथि १–० को साघुँरो जित दर्ता गर्यो। 

अर्को खेलमा चेल्सीले फुलहामलाई २–१ ले तथा वुल्भ्सले म्यानचेष्टर युनाइटेडलाई १–० ले पाखा लगायो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad